
काठमाडौँ । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब प्राप्त गरेका छन् ।
पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको हो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब पाउन सकेका थिएनन् ।
गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय हाजिर भएका थिए ।
गुरागाईंले आफू हाजिर भएको भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।