रौतहट । रौतहट ईशनाथ नगरपालिका वडा नम्बर–५ जटहराका वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको आइतबार राति मृत्यु भएको छ ।
दुई सातादेखि ज्वरो आउनुका साथै रुघा र खोकी लागेर बिरामी भएका ठाकुरलाई उपचारका लागि आइतबार राति गौरस्थित एक निजी क्लिनिकमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला जनस्वास्थय कार्यालयका प्रमुख महेश साहले बताए । जनस्वास्थ्य प्रमुख साहका अनुसार गए राति उनलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि गौर लगिएको थियो ।
तीन दिनअघि कोरोना संक्रमणको आशंकामा उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
पीसीआर परीक्षणका लागि स्वाब संकलन पश्चात सोमबार नै उनको अन्त्येष्टि गरिएको साहले बताए । रौतहटको पश्चिमी किनारामा रहेको इशनाथ नगरपालिका सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको स्थानीय तह पनि हो ।











