१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्याकलिनकी आमा किम फर्नान्डिसको निधन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किम फर्नान्डिसको आज बिहान निधन भएको छ ।

उनकी आमा विगत केही दिनदेखि मुम्बईको लीलावती अस्पतालमा भर्ना थिइन् । खबर पाएलगत्तै सबैजना अस्पताल पुगेका छन् ।

२४ मार्चमा ज्याकलिनकी आमा किमलाई हृदयाघात भयो, त्यसपछि उनलाई आकस्मिक अवस्थामा मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था नाजुक बन्दै गयो ।

आमा भर्ना भएपछि ज्याकलिनले कामबाट विश्राम लिइन् र अस्पतालमा थिइन् । उनलाई पटक–पटक अस्पतालमा भेटिएको थियो ।

ज्याकलिनले केही समयअघि इन्डियन प्रिमियर लिगमा प्रदर्शन गर्ने तय भएको थियने । उनको प्रदर्शन २६ मार्चमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स बीचको खेलको उद्घाटन समारोहमा हुने थियो ।

यसका लागि सबै तयारी पनि भइसकेको थियो तर आमालाई हृदयघात भएपछि ज्याकलिनले आईपीएलमा प्रदर्शन गर्न पाइनन् ।

एक साताअघि सलमान खान पनि ज्याकलिन फर्नान्डिसकी आमा किमलाई भेट्न लीलावती अस्पताल पुगेका थिए । दुवै चाँडै ‘किक २’ मा सँगै देखिनेछन् ।

ज्याकलिनकी आमालाई सन् २०२२ मा पनि हृदयाघात भएको थियो । त्यसबेला उनको बहराइनमा उपचार भएको थियो ।

ज्याकलिनकी आमा किम मलेसियाकी नागरिक थिइन् । उनी एयर होस्टेस भइन् । किमले श्रीलंकाका व्यापारी एलरोय फर्नान्डेजसँग विवाह गरेकी हुन् । ज्याकलिनसँगै उनका ४ सन्तान छन् ।