भक्तपुर । आफ्नै नेतृत्वमा रहेको सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट बच्न ६० कटेका र १२ वर्ष मुनिका वालवालिकालाई घरबाट वाहिर ननिस्किन आग्रह गरेका २४ घण्टा नवित्दै भोलिपल्ट विहान करीव ११ बजे ६८ वर्षे प्रधानमन्त्री केपि ओली आफ्नो निवास बालकोट भक्तपुर पुगे । उनका साथमा ६० वर्षिया धर्मपत्नि राधिका शाक्य पनि थिइन् ।
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड—१९) संक्रमण दर दिनानुदिन बढीरहेको समयमा बुढाबुढी र केटाकेटीलाई कोरोना संक्रमणको जोखिम बढी हुने भएकोले आइतबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी दुई उमेर समूहका व्यक्तिहरुलाई घरबाट बाहिर ननिस्किन भनेको थियो ।
सरकारकै नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले भोलिपल्टै त्यो नियम लत्याए । बालकोट निवासको भ्रमण उनको अनौपचारिक मात्रैै थिएन आकस्मिक पनि थियो । जुन वर्तमान परिप्रेक्ष्यमा आवश्यक थिएन । यसअघि उनी नेपालमा कोरोना भाइरसको संक्रमण हुनुअघि गत वर्षको श्रीपञ्चमीमा पुगेका थिए ।
त्यतिमात्रै नभई ओली सरकारकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियम जारी गरे अनुरुप एक आपसमा कम्तिमा २ मिटरको सामाजकि दुरी कायम गर्नु भनेता पनि ओली निवास बालकोटमा जम्मा भएका कार्यकर्ता र सुरक्षाकर्मीहरुको दुरी हेर्दा आधा मिटर पनि थिएन । तर सबैको मुखमा मास्क भने थियो । मास्क नलगाई प्रधानमन्त्री निवास जान लागेकाहरु ओली निवास नजिकै बालकोट चोकको औषधि पसलबाट सर्जिकल मास्क किनेर लगाउँदै थिए ।
प्रधानमन्त्री ओलीको बालकोटमा रहेको निबासमा पूर्बसंञ्चारमन्त्री गोकुल बास्कोटा बस्दै आउनु भएको छ । संञ्चारमन्त्री भएपछि बास्कोटा उक्त घरमा बस्दै आउनु भएको छ । सुरक्षीत मुद्रण छपाईको बिषयमा ७० करोडको कारोबारको अडियो सार्बजनिक भएपछि उहाले राजिनामा दिनु भएको थियो । मन्त्रीपदबाट हटेपनि बास्कोटा सोही घरमा बस्दै आउनु भएको छ । बास्कोटाले अब बालकोट कहिले आउने भनेर सोध्दा प्रधानमन्त्री ओली साढे दुई बर्ष पछि भन्दै जबाफ दिनु भएको थियो । पार्टी भित्र केही नेताहरुले राजिनामा मागिरहेको अबस्थामा उहाले पाच बर्ष नै सरकारले आफुले चलाउने सन्देश पनि दिनु भएको छ ।












