३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

सामाजिक दुरी लत्याउँदै प्रधानमन्त्री ओली बालकोटमा

सामाजिक दुरी लत्याउँदै प्रधानमन्त्री ओली बालकोटमा
अ+ अ-

भक्तपुर । आफ्नै नेतृत्वमा रहेको सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट बच्न ६० कटेका र १२ वर्ष मुनिका वालवालिकालाई घरबाट वाहिर ननिस्किन आग्रह गरेका २४ घण्टा नवित्दै भोलिपल्ट विहान करीव ११ बजे ६८ वर्षे प्रधानमन्त्री केपि ओली आफ्नो निवास बालकोट भक्तपुर पुगे । उनका साथमा ६० वर्षिया धर्मपत्नि राधिका शाक्य पनि थिइन् ।

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड—१९) संक्रमण दर दिनानुदिन बढीरहेको समयमा बुढाबुढी र केटाकेटीलाई कोरोना संक्रमणको जोखिम बढी हुने भएकोले आइतबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी दुई उमेर समूहका व्यक्तिहरुलाई घरबाट बाहिर ननिस्किन भनेको थियो । 

सरकारकै नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले भोलिपल्टै त्यो नियम लत्याए । बालकोट निवासको भ्रमण उनको अनौपचारिक मात्रैै थिएन आकस्मिक पनि थियो । जुन वर्तमान परिप्रेक्ष्यमा आवश्यक थिएन । यसअघि उनी नेपालमा कोरोना भाइरसको संक्रमण हुनुअघि गत वर्षको श्रीपञ्चमीमा पुगेका थिए ।

त्यतिमात्रै नभई ओली सरकारकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियम जारी गरे अनुरुप एक आपसमा कम्तिमा २ मिटरको सामाजकि दुरी कायम गर्नु भनेता पनि ओली निवास बालकोटमा जम्मा भएका कार्यकर्ता र सुरक्षाकर्मीहरुको दुरी हेर्दा आधा मिटर पनि थिएन । तर सबैको मुखमा मास्क भने थियो । मास्क नलगाई प्रधानमन्त्री निवास जान लागेकाहरु ओली निवास नजिकै बालकोट चोकको औषधि पसलबाट सर्जिकल मास्क किनेर लगाउँदै थिए । 

प्रधानमन्त्री ओलीको बालकोटमा रहेको निबासमा पूर्बसंञ्चारमन्त्री गोकुल बास्कोटा बस्दै आउनु भएको छ । संञ्चारमन्त्री भएपछि बास्कोटा उक्त घरमा बस्दै आउनु भएको छ ।  सुरक्षीत मुद्रण छपाईको बिषयमा ७० करोडको कारोबारको अडियो सार्बजनिक भएपछि उहाले राजिनामा दिनु भएको थियो । मन्त्रीपदबाट हटेपनि बास्कोटा सोही घरमा बस्दै आउनु भएको छ । बास्कोटाले अब बालकोट कहिले आउने भनेर सोध्दा प्रधानमन्त्री ओली साढे दुई बर्ष पछि भन्दै जबाफ दिनु भएको थियो । पार्टी भित्र केही नेताहरुले राजिनामा मागिरहेको अबस्थामा उहाले पाच बर्ष नै सरकारले आफुले चलाउने सन्देश पनि दिनु भएको छ ।