१६ असार २०८३, मंगलवार
,
Latest
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लबलाई खेल मैदान उपलब्ध गराउने राखेप सदस्य सचिव सिलवालको घोषणा



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपमा नियुक्त भएका पदाधिकारीहरुलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबहरुलाई मैदान उपलब्ध गराउने बताउनुभएको हो । उहाँले एन्फाले सूचना दिए काठमाडौं उपत्यका भित्र वा नजिकै कुनैपनि ठाउँमा खेल मैदान उपलब्ध गराउने बताउनुभयो । फुटबलको विकास कसरी गर्ने भन्ने कुरामा राखेप र एन्फाले संयुक्त रुपमा काम गर्नुपर्नेमा सिलवालले जोड दिनुभयो । खेलाडिसँग सम्भावना भएको तर म्याच एक्सपोजरको अभाव भएकोले त्यसका लागि राखेपले सघाउने प्रतिवद्धता जनाउनुभयो । खोलाडिको क्षमता विकासका लागि राम्रो प्रशिक्षण र राम्रो टुर्नामेन्टको जरुरत रहेको भन्दै त्यसका लागि काम गर्नु नै अहिलेको आवस्यकता रहेको बताउनुभयो । आगामी दशैं अगाडि विश्वकप क्वालिफाई खेल लगायतका ३ वटा महत्वपूर्ण प्रतियोगिता हुने र त्यसमा राम्रो गर्न सके अन्तर्राष्ट्रिय रुपमा नै नेपालको फुटबलको चर्चा हुने बताउनुभयो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली फुटबललाई व्यवसायीक रुपमा विकास गर्दै लैजान सरकारले एन्फालाई आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद् मार्फत आर्थिक सहयोग उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले कम्तिमा पनि तीन देखि चार वर्षका लगानी गरेमा नेपालको फुटबल व्यवसायीक रुपमा अगाडि बढन सक्षम बन्ने बताउनुभयो । लिगलाई तीन महिना भन्दा बढी समय सञ्चालन गर्न र थप व्यवस्थित बनाउन पनि सरकारको लगानी हुनुपर्ने बताउनुभयो । अहिले कतिपय ‘ए’ डिभिजन क्लबका आफ्नै खेल मैदान नभएकाले राखेपले उपलब्ध गराउनेमा आफु विश्वस्त रहेको शेर्पाले बताउनुभयो ।

लकडाउनका कारणले अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सबै लिग रोकिएका छन् । यसका साथै अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगितामा समेत खेलाडिहरु जान पाएका छैनन् । त्यस्तै एन्फाले आगामी भदौ १ गतेबाट खेलाडिहरुलाई बन्द प्रशिक्षण गराउने भएको छ ।