१६ असार २०८३, मंगलवार
,
Latest
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा सेना, थुनुवा र पत्रकार सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

वीरगञ्ज । पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार सोमबार अबेर राती संक्रमण पुष्टि भएका ३४ मा वीरगन्ज ब्यारेकका २८ देखि ३४ बर्षका ३ जना नेपाली सेना, पर्सा वीरगन्जका २२ बर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका २० बर्षका १ जना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका १÷१ जना डाक्टर रहेका छन् । 

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २१ बर्ष ५६ बर्षका १५ जना,स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ बर्ष ४९ बर्षका ५ जना, पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर २ का १ जना पुरुष र २ जना महिला रहेका छन् भने पर्सा जिल्लाको सेढवाका २२ बर्षका १ जना युवा र बारा जिल्ला कलैयाका २९ बर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाँयपालिका वडा नम्बर ४ का २८ बर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलगंवा वडा नम्बर ८  का ४८ बर्षका १ जना पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए । संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । 

साउन १४ गते देखि १८ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदय नारायण सिंहले जानकारी दिए । पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ जना पुगेको नारायणी अस्पतालका डा. सिंहले बताए ।