१६ असार २०८३, मंगलवार
,
Latest
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ वर्षीय बालिकालाई बलात्कार गर्ने वडाध्यक्ष पक्राउ



अ+ अ-

गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)  सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा  अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । “पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “पक्राउ परेका रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।”

पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन पालुङटार क्षेत्रमा साँझ ठूलो सङ्ख्यामा प्रहरी परिचालनसमेत गरिएको थियो ।