२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.26

Wind: 2.06

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

रविले भने– ममाथि ठूलो अन्याय भयो, अहिले नै गिरफ्तारी दिँदैछु



अ+ अ-

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले नै गिरफ्तारी दिने भएका छन् ।

उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै लामिछानले सामाजिक सञ्जालमार्फत् आफूले अहिले नै गिरफ्तारी दिन लागेको बताएका हुन् ।

उनले न्यायालयका अन्य ढोकाहरु खुला नै रहेको र न्यायका लागि दुनियाँका सबै ढोका ढक्ढक्याउनेसमेत बताएका छन् । उनले रास्वपाले चितवनमा गर्न लागेको सभा भने नरोक्न भनेका छन् ।

उनले लेखेका छन्–

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठूलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस् ।