२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविले भने– ममाथि ठूलो अन्याय भयो, अहिले नै गिरफ्तारी दिँदैछु



फाईल फोटो
अ+ अ-

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले नै गिरफ्तारी दिने भएका छन् ।

उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै लामिछानले सामाजिक सञ्जालमार्फत् आफूले अहिले नै गिरफ्तारी दिन लागेको बताएका हुन् ।

उनले न्यायालयका अन्य ढोकाहरु खुला नै रहेको र न्यायका लागि दुनियाँका सबै ढोका ढक्ढक्याउनेसमेत बताएका छन् । उनले रास्वपाले चितवनमा गर्न लागेको सभा भने नरोक्न भनेका छन् ।

उनले लेखेका छन्–

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठूलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस् ।