२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटना: सरकारले दमन गरेको भन्दै राप्रपाद्वारा मानवअधिकार आयोगको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत चैत १५ गते भएको तीनकुने घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

राप्रपाले सरकारको तर्फबाट भएको दमन, घुसपैठ र झुठा मुद्दामा पार्टीका नेताहरू पक्राउ परेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको हो ।

राप्रपाको प्रतिनिधिमण्डल आज आयोगको केन्द्रीय कार्यालय पुगेर आयोगका अध्यक्ष तपबहादुर मगर, सचिव मुरारी खरेल लगायतसँग छलफल गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । ।

आयोगमा राप्रपाका महामन्त्रीद्वय राजेन्द्र गुरुङ र शरदराज पाठक, प्रवक्ता मोहन कुमार श्रेष्ठ, मुख्य सचिव केदारबहादुर अधिकारी, केन्द्रीय नेताहरू अमृत पुडासैनी, निरुपमा यादव, खुश्बु ओली, उद्धवराज भेटवाल, सजिना कार्की, रविकिरण हमाल लगायत सहभागी रहनु भएको थियो ।

यस्तो छ ज्ञापनपत्र