२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेन



अ+ अ-

पाल्हीनन्दन । यहाँस्थित बर्दघाट नगरपालिका‐१४ नारायणचोकदेखि त्रिवेणी जाने निर्माणाधीन हुलाकी सडक पाँच वर्षदेखि अलपत्र छ । यो खण्ड निर्माणका लागि बज्रगुरु र महालक्ष्मी जेभी कन्ट्रेक्सनले ठेक्का पाएको थियो ।

विसं २०७९ मा सम्पन्न हुने गरी २०७६ सालमा ठेक्का लिए हालसम्म ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु ५८ करोडको लागतमा १५ किलोमिटर सडक कालोपत्र गर्ने भनिएकामा तीन पटक पत्राचार गरे पनि ठेकेदारले थप काम अगाडि बढाएको छैन । ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोडेर कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आफूहरूले सडक निर्माणका लागि पटक–पटक अनशन बस्ने र विरोध प्रदर्शनमार्फत ध्यानाकर्षण गराइए पनि काम अगाडि नबढेको बताउनुभयो ।

उहाँका अनुसार सडकको धुलो घरभित्र पस्दा सडक वरपरका स्थानीय धुुलोले पीडित छन्, धुलोले आँखा चिलाउँछ , छाती दुख्ने समस्या हुन्छ ,काम गर्ने क्रममा तथा घरभित्र बस्दा नाक, मुखमा धुलो पस्छ , घर वरिपरी धुलैधुलो हुने, बिहान सफा गरेको घर बेलुका धुलै धुलोले हुने समस्या छ ।

बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्रप्रकाश उपाध्यायले लामो समयसम्म काम नहुँदा यात्रुलाई मात्रै नभइ स्थानीय बासिन्दा धुँवाधुलोले निकै समस्या भएको बताउनुभयो ।

पृथ्वीचन्द्र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नरुल होदाले सडकको धुलोले त्यस क्षेत्रका नागरिकमा स्वासप्रस्वास, एलर्जी, आँखा चिलाउने, खोकी लाग्नजस्ता रोगको समस्या देखिने गरेको उल्लेख गर्नुभयो ।