२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 3.6

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउको घरेलु मैदानमा मुम्बईले अहिलेसम्म हराउन सकेको छैन, आज फेरिएला इतिहास ?



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को १६औं खेलमा आज लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ ।

खेल लखनउको घरेलु मैदान भारतरत्न श्री अटल बिहारी बाजपेयी, (एकना स्टेडियम)मा साँझ ७ः४५ बजेदेखि हुनेछ ।

जारी सिजनमा दुबै टोलि पहिलोपटक भिड्दैछन् भने समग्रमा दुवै टोलीको चौथो खेल हुनेछ । लखनउले ३ खेलमा १ जित र २ हार बेहोरेको छ भने मुम्बईले पनि ३ खेलमा १ मात्र जित हात पारेको छ ।

हेड टु हेड
आईपीएलमा लखनउ र मुम्बईबीच ६ खेल खेलिएको छ । ५ मा लखनउ विजयी हुँदा र मुम्बईले १ खेल मात्रै जितेको छ । लखनउमा दुवै टोली दुई पटक आमनेसामने भएका छन् । जसमा दुबै खेल लखनउले जितेको छ । मुम्बईको लखनउ विरुद्धको एक मात्र जीत २०२३ सिजनको एलिमिनेटरमा भएको थियो ।

लखनउ सुपरजायन्ट्स
निकोलस पूरन यस सिजन एलएसजीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले २ खेलमा अर्धशतक र एक खेलमा ४४ रन बनाएका छन् । रिप्लेसमेन्टको रुपमा सामेल भएका शार्दुल ठाकुर लखनउका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ३ खेलमा ६ विकेट लिएका छन् ।

मुम्बई इन्डियन्स
मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादव टोलीका सर्वाधिक स्कोरर हुन् । उनले ३ खेलमा १०४ रन बनाएका छन् । आफ्नो अन्तिम खेलमा उनले कोलकाताविरुद्ध ९ बलमा २७ रनको अविजित इनिङ खेलेका थिए । मुम्बईका बलर अश्विनी कुमारले सर्वाधिक विकेट लिएका छन् । आफ्नो अन्तिम र एकमात्र खेलमा उनले कोलकाताविरुद्ध ३ ओभरमा २४ रन दिएर ४ विकेट लिएका थिए ।

कस्तो छ पिच ?
लखनउको एकना स्टेडियमको पिच बलिङ–अनुकूल छ । स्पिनरले यहाँ थप मद्दत पाउँछन् । यहाँ कम स्कोर भएका खेलहरू देखिएका छन् । यस रंगशालामा कुल १५ आईपीएल खेल खेलिएका थिए । पहिले ब्याटिङ गर्ने टोलीले ७ खेल जितेको छ भने बलिङ गर्ने टोलीले पनि ७ खेल जितेको छ । १ खेल रद्द भएको छ । गत वर्ष लखनउ सुपरजायन्ट्सविरुद्ध कोलकाता नाइट राइडर्सले बनाएको मैदानमा उच्चतम टोली स्कोर २३५–६ रहेको छ ।

शुक्रबार लखनउमा कडा घाम र गर्मी हुनेछ, हावा पनि तीव्र हुनेछ । हावाको गति १५ किलोमिटर प्रतिघण्टा रहनेछ । यहाँको तापक्रम २१ देखि ३६ डिग्री सेल्सियसको बीचमा हुनेछ । पानी पर्ने सम्भावना छैन ।

सम्भावित सुरुवाती–१२

लखनउ सुपरजाइन्ट्सः ऋषभ पन्त (कप्तान र विकेटकीपर), एडेन मार्कराम, मिचेल मार्स, निकोलस पूरन, आयुष बडोनी, दिग्वेश राठी, डेभिड मिलर, अब्दुल समद, रवि बिश्नोई, शार्दुल ठाकुर, आवेश खान, एम सिद्धार्थ ।

मुम्बई इन्डियन्सः हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, रायन रिकेल्टन (विकेटकिपर), विल ज्याक, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, अश्विनी कुमार, विग्नेश पुथुर ।