२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो बन्दैछ कमलपोखरी,आकाशे पानी पुन:भरण, सुरक्षा र सौन्दर्यको पर्याय हुने – फोटोफिचर



अ+ अ-

काठमाडौँ । कमलपोखरीलाई रातमा उझ्यालो बनाउन, बर्खाको पानी पुन:भरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न र सौन्दर्यले मनमोहक बनाउन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विभागहरुलाई निर्देशन दिनुभएको छ ।

कमलपोखरी पुन:निर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेको कामको अनुगमन गर्दै उहाँले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।

पोखरी वरिपरि राखिएका चैत्य, विभिन्न स्थानमा राखिएका मूर्तिहरुमा आगन्तुकले क्षति गरेको देखेपछि उहाँले सिसिटिभी क्यामरामार्फत अनधिकृत क्रियाकलाप निगरानी गर्ने प्रबन्ध गर्नु पर्ने बताउनुभयो ।

अनुगमनमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, उपभोक्ताको अपेक्षाअनुरुप सार्वजनिक स्थलहरुलाई प्रयोगमैत्री बनाउन प्रयास गरिएको उल्लेख गर्नुभयो ।

पोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । परम्परागत, सांस्कृतिक र पर्यटकीय पोखरीका रुपमा विकास गर्ने गुरुयोजना अनुरुप कमलपोखरी पुन:निर्माण भइरहेको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएको हो । दोस्रो चरणमा पोखरीको सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यो कामको ठेक्का सम्झौता रकम ३ करोड ६ लाख ८ हजार ११ रुपैयाँ हो । गएको भदौ (२०८१) १९ गते कार्यादेश दिइएको यो योजना आउँदो (२०८२) साउन १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । यो योजना सार्वजनिक निर्माण विभागबाट कार्यान्वयनमा आएको हो । यस्तै टयाक्टिकल अर्वनिजम (सडक तथा फुटपाथ किनाराको सौन्दर्य) का लागि उद्यान तथा हरियाली आयोजनाले काम गरिरहेको छ ।

पार्क, साविकमा प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । सिमाना पर्खालबाहिर टयाक्टिकल अर्वनिजमअन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदल यात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, विरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भइरहेको छ ।

आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार यस वर्ष टयाक्टिकल अर्वनिजमका लागि करिब २ करोड रुपैयाँ लागतमा करिब ३२ ठाउँमा काम भइरहेको छ । यो काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यसअन्तर्गत कमलपोखरीका चार कुनामा कमल रोप्ने र माछा राख्ने काम हुनेछ ।

पोखरी वरिपरि साँझ विहान हिँड्न प्रकाशका लागि वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग पत्राचार गरिसकेको छ । वडा नं. १ का सचिव सर्वज्ञराज पौडेलले, पोखरीको सुन्दरता र सुरक्षाका लागि नियमित विद्युत आपूर्ति प्रबन्ध गर्न लागिएको जानकारी दिनुभयो ।
कमल पोखरीको वरिपरि पैदल मार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन् ।

पोखरीका चार ओटा हरेक कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मुलढोकासँगै एउटा ठुलोसहित पोखरी वरिपरि ५ वटा मण्डप छन् । पोखरी छिर्ने गेटलाई परम्परागत नेपाली शैलीको छ । पोखरी निर्माण गर्दा नेपाली इट्टा र दर्शन ढुङ्गा प्रयोग गरिएको छ ।