३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

युवा दिवस साताव्यापी रुपमा मनाइने

युवा दिवस साताव्यापी रुपमा मनाइने
अ+ अ-

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी यस वर्ष अन्तरराष्ट्रिय युवा दिवस देशभरि नै मनाउने भएको छ ।  युवा नेतृत्व विकास गर्नका लागि साताव्यापी विभिन्न कार्यक्रम गरी दिवस मनाउन थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिए। 

कोभिड–१९ का कारणले दिवसको मुख्य दिन भने भर्चुअल रुपमा संसारभरिका युवालाई समेट्ने गरी दिवस मनाइने उनले बताए । ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ यही साउन २८ गते दिवस मनाउन थालिएको छ । दिवस मनाउनका लागि युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलको संयोजकत्वमा नौ सदस्यीय सचिवालय गठन गरिएको छ ।  दिवसका दिन हुने कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि एवं चीन भारत, श्रीलङ्का तथा बङ्गलादेश युवा संस्थाका पदाधिकारीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले बताए । 

दिवसकै दिन ‘दिगो विकासका लक्ष्य र युवा’ विषय तथा ‘युवा राजनीति र रोजगारी’ विषयमा युवा नेतृत्वसँग  संवाद कार्यक्रम राखिएको छ । यस्तै सोही दिन राष्ट्रिय कलाकारले सांस्कृतिक कार्यक्रमसमेत गर्ने छन् । दिवसका अवसरमा साउन २३ गते निबन्ध लेखन प्रतियोगिता, २४ गते रक्तदान (चाबहिल र कलङ्की) र वृक्षरोपण (सूर्यविनायक), २५ गते भिजन प्रतियोगिता, २६ गते भोजन सेवा कार्यक्रम (चाँगुनारायण) र कोभिड–१९ लक्षित स्वयंसेवकलाई अभिमुखीकरण कार्यक्रम राखिएको  परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए ।  

राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये ४०.३ प्रतिशत युवा छन् । युवाका विषय सम्बोधन गर्ने हेतुले  राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्ष अगष्ट १२ (यस वर्ष साउन २८) लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो । 

नेपालमा भने सन् २००४ देखि युवाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम मनाउन थालिएको हो । परिषद्ले सन् २०१६ देखि दिवस मनाउन थालेको हो ।  परिषद्का प्रशासकीय प्रमुख डा बाबुराम ढुङ्गानाले सात प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै स्थानीय तहलाई दिवस मनाउन निर्देशन दिइएको बताए ।