
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ३९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै आज सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त सुन प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँमा कारोकार भएमो थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ रुपैँयाले घटेर १ हजार ८७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।