१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ



अ+ अ-

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार राति करिब १ बजे कोशी अस्पतालमा भर्ना हुने क्रममा मृत्यु भएका उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय पुरुषको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार दिउँसो नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने भएर उनी उपचारका लागि सोमबार राति कोशी अस्पताल आइपुगेका थिए ।

न्यौपानेको स्थानीय क्लिनिकमा उपचार हुन नसकेपछि मृतकका आफन्तले विराट मेडिकल कलेज विराटनगर ल्याएका थिए । तर विराटले भर्ना गर्न नमानेपछि उनलाई कोशी अस्पताल ल्याइएको थियो । अस्पतालमा आइसोलेनमा भर्ना गर्ने क्रममा मृत्यु भएपछि आइसोलेसनमा शव राखेर कोरोना जाँचका लागि नमुना संकलन भएको थियो ।