१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन

झापामा मकै उत्पादनमा ह्रास

झापामा मकै उत्पादनमा ह्रास
अ अ+ अ-

काठमाडौं । धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

केन्द्रको तथ्याङकअनुसार विगत तीन वर्षको तुलनामा मकैखेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो । जिल्लामा गत वर्षको तुलनामा ६८ हजार मेट्रिक टन मकैको उत्पादन घटेको हो ।

चालु आव २०८२/८३ दुई लाख ८३ हजार १८७ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा ४६ हजार १२५ हेक्टर जमिनमा किसानले मकैखेती लगाएको जानकारी दिनुभयो । उहाँले गत फागुनको अन्तिम साता र चैतको पहिलो साता आएको हुरीबताससहितको असिनापानीले ठूलो क्षति गर्दा मकैको उत्पादन घटेको बताउनुभयो ।

“बाह्रदशी, झापा र गौरादहतिरका किसान ठूलो मारमा परेका छन्”, उहाँले भन्नुभयो, “कुल क्षेत्रफलको करिब नौ हजार हेक्टर जमिनको मकै असिनापानी र हुरीले सखाप पार्दा डेढ अर्बको क्षति भयो ।”

झापामा मकैको प्रतिहेक्टर उत्पादकत्वमा भने वर्षैँपिच्छे सामान्य वृद्धि भइरहेको सुखद तथ्याङ्क छ । आव २०८०/८१ मा प्रतिहेक्टर ७.८७ मेट्रिक टन उत्पादकत्व रहेकामा आव २०८१/८२ मा बढेर ७.८८ र आव २०८२/८३ मा ७.८ मेट्रिक टन पुगेको छ । यसले जिल्लामा आधुनिक कृषि प्रविधि वा उन्नत बीउको प्रयोगका कारण माटोको उत्पादक क्षमता राम्रो रहेको सङ्केत गर्छ । उत्पादकत्व बढे पनि मकैको कुल उत्पादन र उत्पादनशील क्षेत्रफलमा भने पछिल्लो वर्ष अनपेक्षित गिरावट आएको छ ।

आव २०८०/८१ मा ४४ हजार ३५ हेक्टर क्षेत्रफलमा मकैखेती भई तीन लाख चार हजार ३५ मेट्रिक टन उत्पादन भएको थियो । आव २०८१/८२ मा क्षेत्रफल सामान्य बढेर ४४ हजार ६२ हेक्टर पुग्दा कुल उत्पादन पनि बढेर तीन लाख ५१ हजार ४२६ मेट्रिक टन पुगेको थियो ।

तर आव २०८२/८३ मा मकैको कुल क्षेत्रफल ४६ हजार १२५ हेक्टर रहे पनि वास्तविक उत्पादनशील क्षेत्रफल घटेर ३५ हजार ८९२ हेक्टरमा सीमित हुन पुग्यो । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्घीय र प्रदेशको कृषि मन्त्रालयमा क्षतिपूर्तिका लागि आवश्यक सामग्री पठाइसकिए पनि बजेट भने हालसम्म नआएको बताउनुभयो ।