२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत १५ को घटना छानबिनको माग गर्दै राप्रपाले आज प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

राप्रपाले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनको माग गर्दै दिउँसो सवा १२ बजे प्रदर्शन गर्न लागेको हो । राप्रपाले वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालगायतलाई निसर्त रिहा गर्न माग गरेका छन् ।

राप्रपाले आजको प्रदर्शनलाई निहत्था नागरिकमाथि सरकारद्वारा भएको हत्या, दमन र गिरफ्तारीविरुद्धको भनेको छ ।

यसअघि चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । आजको प्रदर्शन भने शान्तिपूर्ण हुने राप्रपालले जनाएको छ ।