२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत १५ को घटना छानबिनको माग गर्दै राप्रपाले आज प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

राप्रपाले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनको माग गर्दै दिउँसो सवा १२ बजे प्रदर्शन गर्न लागेको हो । राप्रपाले वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालगायतलाई निसर्त रिहा गर्न माग गरेका छन् ।

राप्रपाले आजको प्रदर्शनलाई निहत्था नागरिकमाथि सरकारद्वारा भएको हत्या, दमन र गिरफ्तारीविरुद्धको भनेको छ ।

यसअघि चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । आजको प्रदर्शन भने शान्तिपूर्ण हुने राप्रपालले जनाएको छ ।