२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुप्त कोठामा बसेर रणनीति बनाउने बालेन शैली कति सफल ?



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह हत्तपत्त सार्वजनिक कार्यक्रममा देखिँदैनन् । नगरप्रमुखमा निर्वाचित भएपछि उनी मूलधारका सञ्चारमाध्यमसँग छ टाढा छन् नै आफ्नै कार्यालयका कर्मचारीहरुसँग पनि खुलेर कुरा गर्दैनन् । त्यति मात्र होइन, कार्यालयको कामबारे आफ्नै उपप्रमुख सुनिता डंगोललाई पनि जानकारी दिन चाहँदैनन् ।

बालेन महानगरप्रमुखमा निर्वाचित भएपछि संघीय सरकारसँग काठमाडौं महानगरपालिकाको दुरी कहिल्यै नजिक भएन । कहिले फोहोरमैला व्यवस्थापनको काममा त कहिले सडकपेटी विस्तार होस् या फुटपाट व्यवस्थापनका विषयमा संघीय सरकारसँग बालेनको कहिल्यै एकमत भएन । आफ्नै शैलीमा काम गर्ने र त्यो पनि गुप्त कोठामा बनाइएको रणनीति अनुसार उनी अघि बढिरहे । समग्रमा फुटपाट व्यवस्थापन र फोहोरमैला व्यवस्थापनमा उनी सफल पनि हुँदै आएका छन् । शहरको सौन्दर्यीकरणमा पनि उनले गरेका कामको प्रशंसा भइरहेको छ । तर कसरी उनले योजना बनाउँछन् भन्ने कुरा गुप्त नै राखेका छन् ।

संघीय सरकारलाई हरेक विषयमा सामाजिक सञ्जालबाट चेतावनी शैलीमा जवाफ फर्काउँदै आएका बालेन सीमित व्यक्तिको घेरामा रमाइरहेका छन् । आफ्नै उपप्रमुख सुनिता डंगोललाई समेत उनले बेवास्ता गर्ने गरेका छन् । नगरका हरेक निर्णयमा आफ्नो एकलौटी गर्दै आएका उनले अरुलाई टेर्नु त कताको कता कुरासमेत सुन्न चाहँदैनन् । बालेनको यही शैलीलाई लिएर आलोचनासमेत हुने गरेको छ ।

कहिले सिंहदरबारमा आगो लगाउँछु भन्ने त कहिले नेताहरुलाई टुकुचामा गाडिदिन्छु भन्ने महानगरप्रमुख बालेन प्रमुख प्रशासकीय अधिकृतका विषयमा भने नराम्रोसँग चुकेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै उनले तीन महिनादेखि कार्यालयमा हाजिर हुन दिएनन् । संघीय सरकारले गुरागाईंलाई नै जिम्मेवारी दिएर खटाइरहँदा पनि उनले कार्यालयमा ताला लगाएर राखे तर भित्र पस्न दिएनन् । बरु उल्टै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय सरकारलाई धम्कीपूर्ण शैलीमा आग्रह गरिरहे । तर सरकारले उनको कुरा सुनेन । कुन पालिकामा कसलाई पठाउने भन्ने अधिकार आफ्नो भएको भन्दै संघीय बालेनको कुरा नै सुनेन ।

तलव नपाएर कर्मचारी भोकभोकै पर्न थालेको गुनासो पुगेपछि संघीय सरकारले उनै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काठमाडौं महानगरपालिकामा पठायो । तर बालेन कार्यालयमा नभए पनि कतै गुप्त ठाउँमा बसेर उनलाई कार्यालयमा छिर्न नदिने महानगर प्रहरीलाई भनिरहेका थिए । तर, उपमहानगर सुनिता र वडाध्यक्षहरुले बालेनलाई साथ दिएनन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंकै साथ दिए र तीन महिनाअघिदेखि लागेको ताला फुटाएर कार्यालयमा प्रवेश मात्र गराएनन्, हाजिरसमेत गराए । यो घटनाले महानगर प्रमुख बालेनको गुप्त योजना भताभुंग भएको छ ।

कहाँ थिए त बालेन ?

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर गर्न पुग्दा नगरप्रमुख बालेन कार्यालयमा थिएनन् । हाजिर गर्न दिने कि नदिने भन्ने रस्साकस्सी चल्यो ।

कार्यालयको गेटमै तैनाथ रहेका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई रोक्ने खोजे । उनले बालेनको आदेश भन्दै रोक्न खोजिरहेका थिए । तर वडाअध्यक्ष र कर्मचारीहरूको एउटा समूहले घेरेर अधिकृत गुरागाईंलाई कार्यालय पुर्‍याए । बालेन कहाँ छन् भन्ने अत्तोपत्तो थिएन । महानगरको कानुनमा नगर प्रहरी प्रमुखलाई चलाउने जिम्मा नै प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । तर नगर प्रहरी प्रमुखले महानगरप्रमुखको आदेश भन्दै रोक्न खोजिरहेका थिए । त्यो पनि बालेनको गुप्त ठाउँबाट दिएको मन्त्रणाअनुसार ।

कतिसम्म भने उपमेयर सुनिता डंगोलले खोज्दा पनि बालेन फेला परेनन् । उनीसँग न फोन सम्पर्क नै हुनसक्यो । बरु महानगरको कार्यालयमा रमिता चलिरहेका बेला बालेन काभ्रेको कुनै अमूक ठाउँमा रहेको सूचना बाहिरियो । उनी बिदा मनाउन भन्दै बुधबार नै काभ्रेको पाँचखालमा पुगेका रहेछन् । आफ्नै कार्यालयमा दिनभर भएको तनाव र रमिताबारे पाँचखालको कुनै गुप्त कोठामा बसेर जानकारी लिइरहेका बालेनको शैली यस पटक भने नराम्ररी फेल खाएको छ ।