२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोली म्याग्दीमा



अ+ अ-

म्याग्दी । धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्यसहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली आज यहाँ आइपुगेको छ ।

स्वामी कमलनयनाचार्यको नेतृत्वमा यही चैत १८ गजेन्द्रमोज्ञनारायणदेखि सुरु भएको रथयात्रा टोली देवघाट, पोखरा, बागलुङ हँुदै म्याग्दी आएको हो । भजनकीर्तनसहित आइपुगेको रथयात्रा टोलीलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले बेनीमा स्वागत गर्नुभएको थियो । बेनी बजारवासीले घरअगाडि जलघडा राखेर स्वागत गरेका छन् ।

बेनीदेखि धार्मिक स्थल गलेश्वर मन्दिरसम्म पैदलयात्रा गरेको रथयात्राको टोली २४ गते मुक्तिनाथ पुगेर छमहिने धार्मिक महोत्सव सुरु गर्ने कार्यक्रम छ । वैदिक सनातन संस्कार–संस्कृति, शालग्राम, कालीगण्डकी, गोवंश, जल, प्रकृति, पर्यावरण संरक्षण, सामाजिक एकता, राष्ट्रियता र आदर्श समाजको निर्माण तथा पर्यटन प्रर्वद्धन गर्नाका साथै विश्वशान्ति र राष्ट्र समुन्नतिको कामना गर्ने उद्देश्यले रामनवमी पर्वको अवसरमा रथयात्रा आयोजना गरिएको स्वामी कमलयनाचार्यले बताउनुभयो ।

वेद, उपनिषद्, रामायण, महाभारत, पुराण, गीता, विष्णुसहश्रनामलगायत स्तोत्ररत्नादि वैदिकशास्त्रको पाठपाराणय, भगवद् आराधनासहित विशेष अनुष्ठान र हवन गरिने छ महिनासम्म सञ्चालन हुने महोत्सवमार्फत पाँच लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । रथयात्रा र धार्मिक महोत्सवले कालीगण्डकी किनारका धार्मिक पर्यटकीयस्थलहरुको पहिचान, प्रचारप्रसार र प्रर्वद्धनका साथै संरक्षण र विकासमा राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ । रासस