११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

नेपालले भारत र चीनको रणनीतिअनुसार जलवायु कार्यको योजना बनाउनुपर्छः महेश्वर ढकाल

नेपालले भारत र चीनको रणनीतिअनुसार जलवायु कार्यको योजना बनाउनुपर्छः महेश्वर ढकाल
अ अ+ अ-

काठमाडौँ ।  वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले एनडिसी (राष्ट्रिय निर्धारित योगदान)मा सरकारले लिएका लक्ष्यहरु दातृ निकायबाट प्रभावित हुने गरेको आरोप लगाउनुभएको छ ।

एनडिसी तेश्रोको नेतृत्व लिएको महाशाखा सम्हालेका ढकाल स्वयम्ले दातृ निकायको प्रभावमा सरकारले लक्ष्यहरुलाई बढी महत्वाकांक्षी बनाउने गरेको गुनासो गर्नुभएको हो । पछिल्लो समय गैरसरकारी संस्था र दातृ निकायहरुको चासो एनडिसी मा धेरै देखिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रकृति रिसोर्सेज सेन्टरले काठमाण्डौमा गरेको यातायात डिकार्बोनाइजेसन सम्बन्धी छलफलमा वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा। महेश्वर ढकालले मुलुकको वास्तविक धरातलमा रहेर जलवायु परिवर्तनको बहस गर्नुपर्ने बताउनु भयो । उहाँले जलवायु लचिलो यातायात प्रणाली सुनिश्चित गर्न यातायात डिकार्बोनाईजेसनको लागि दातृ निकायबाट प्रभावित नभई आफ्नो क्षमता र छिमेकी मुलुकको रणनीतिलाई आधार बनाउनुपर्ने तर्क गर्नुभयो । उहाँले धेरै कार्बन उत्र्सन गर्ने पहिलो र तेश्रो मुलुकहरु हाम्रा छिमेकी भएकाले उनीहरुले लिने लक्ष्यलाई नै नेपालले आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो–‘भारतले सन् २०७० र चिनले सन् २०६० मा कार्बन न्यूटल गर्ने भनिरहेको छ । नेपालले सन् २०४५ मा कार्बन न्युटल गर्ने भयो भने यसले के अर्थ राख्छ ? हाम्रा छिमेकीहरुको बेसलाइनमा हाम्रा स्टाटिजि बनाउनुप¥यो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएका मुलुकहरुको बीचमा हामी छौं । कार्बेन उर्सजन उनीहरु गरिरहेका छन । तपाई÷हामी सतप्रतिशत न्यूटन आज हुँदा पनि मिनिङ राख्दैन । भारत र चीनले कस्तो रणनीति लिन्छन् त्यसका आधारमा नेपालले रणनीति बनाउनुपर्छ । अन्तर्राष्ट्रिय वित्त सहयोग त्यति सजिलोसँग पनि आउँदैन । क्लाइमेट फाइनान्स अब त्यति सजिलोसँग आउँर्दैन । क्लाइमेन्ट फाइनान्स विथ क्लाइमेन्ट साइन्स इज क्लाइमेन्ट जस्टिस हुनुपर्छ । सरकारले धान्नसक्ने, नेपालीले धान्न सक्ने लक्ष्य राखिनुपर्छ एनडिसी ३ मा । इलेक्ट्रिकल भेइकलमा नीतिगत सहुलियत दिने हो भने सार्वजनिक यातायातमा जानेबारे छलफल गर्न जरुरी छ । किनभने चारपाङ्ग्रेमा धेरै सहुलियत दिँदा धनी वर्गले धेरै फाइदा लियो । सामाजवादमा आधारित संविधान लेख्ने अनि एनडिसी महत्वकांंक्षी बनाउने । सर्वसाधारण गाडी चढ्न नपाउने । अनि राज्यलाई कसरी सहयोग भयो ?’

राजश्वको वैकल्पिक स्रोत व्यवस्था नगरि हचुवाको भरमा विद्युतीय सवारी प्रयोग बिस्तार र यातायातको डिकार्बोनाईजेसन को नाममा धेरै महत्वांकाक्षी मात्रै कुरा गर्नु गलत हुने उहाँको तर्क थियो । एनडिसी ३ मा यातायात डिकार्बोनाईजेसनका लागि विद्युतीय सवारी साधन विक्री वितरण तथा प्रयोगलाई बढाउने, त्यसका लागि विद्युत सेवा र गुणस्तरमा वृद्धि, यातायात पूर्वाधार परियोजना बिस्तार, प्रमुख राजमार्गहरुमा सन् २०३० सम्म पूर्व चेतावनी प्रणाली लागू गर्ने जस्ता लक्ष्य राखिनुलाई उहाँले ‘धरालतबाहिरको महत्वाकांक्षा’भनी टिप्पणी गर्नुभयो ।