२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वासन्ती छठको मुख्य दिन आज ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने



अ+ अ-

महोत्तरी । महोत्तरीसहित मधेसका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ । बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुुले आज षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ ।

आज साँझ नै व्रतालुुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन् । जलाशयमा बनाइएका घाटहरूरु अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यसपालिको वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ । यसअघि गत मङ्गलबार चौथी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुुले पञ्चमी तिथिका दिन बुधबार राति नुन नहालेर एकछाक मात्र खाएर ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् ।

मधेसको प्राचीन मिथिला क्षेत्रमा वर्षको दुईपटक छठ मनाइन्छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ । यसैगरी, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ । दुवैै छठमा सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिन्छ । दुवै छठका व्रतविधान समान छन् । यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ पछिल्लो समय नेपालभर विस्तार भएको छ । सबैको साझा र मिथिला संस्कृतिको प्रतीक बनेको यो पर्वलाई लोकआस्थाको महापर्व पनि भनिन्छ ।