९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन शिक्षकहरुलाई धन्यवाद दिए बालेनले ?



अ+ अ-

काठमाडौंं। काठमाडौंं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फोहोर नगरी र केही नभत्काई आन्दोलन गरेको भन्दै शिक्षकहरुलाई धन्यवाद दिनु भएको छ ।

शिक्षा ऐन जारी गर्न संघीय सरकारलाई दवाब दिने भन्दै आजबाट शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । आजको प्रदर्शनमा उनीहरुले सभ्य तरिकाले प्रदर्शन गरेको भन्दै बालेनले धन्दवाद दिनु भएको हो ।

बालेनले ले आफ्ना विद्यार्थीहरुलाई पनि त्यस्तै सभ्य विरोधको शैली सिकाउन आग्रह समेत गरेका छन् ।

बालेनले सामाजिक संञ्जालमा लेख्नु भएको छ

प्रिय शिक्षकहरू । तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केहि नभत्काई गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।