२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन शिक्षकहरुलाई धन्यवाद दिए बालेनले ?



अ+ अ-

काठमाडौंं। काठमाडौंं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फोहोर नगरी र केही नभत्काई आन्दोलन गरेको भन्दै शिक्षकहरुलाई धन्यवाद दिनु भएको छ ।

शिक्षा ऐन जारी गर्न संघीय सरकारलाई दवाब दिने भन्दै आजबाट शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । आजको प्रदर्शनमा उनीहरुले सभ्य तरिकाले प्रदर्शन गरेको भन्दै बालेनले धन्दवाद दिनु भएको हो ।

बालेनले ले आफ्ना विद्यार्थीहरुलाई पनि त्यस्तै सभ्य विरोधको शैली सिकाउन आग्रह समेत गरेका छन् ।

बालेनले सामाजिक संञ्जालमा लेख्नु भएको छ

प्रिय शिक्षकहरू । तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केहि नभत्काई गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।