२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री शर्माको प्रश्नः राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो ।

उहाँले मुलुकमा कुनै प्रकारको गम्भीर घटना हुँदा संसदको पहिलो ध्यानाकर्षण हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो । उहाँले संसद नबसेको समयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले गम्भीरतापूर्वक नलिएकोप्रति आपत्ति जनाउनु भयो । समितिले गृहमन्त्रीलाई बोलाएर सरकारको बुझाइबारे जानकारी लिनुपर्ने बताउनु भयो । उहाँले राज्यसँग ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो ? भन्दै प्रश्न गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘यदी मुलुकमा कुनै प्रकारको गम्भीर घटना हुन्छ भने त्यो संसदको पहिलो ध्यानाकर्षणको विषय बन्छ । अहिले संसद नबसिरहेको बेलामा, संसद त्यसमा पनि मिनि संसद, र राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो एजेण्डामा नै चैत्र १५ गतेको घटना थियो । एजेण्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमी भयो, प्रक्रिया के हो ?पहिले बनाइएको थियो भने किन पछि करेक्शन गर्न ध्यान दिएनौँ । राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्रीजीलाई बोलाउनुपर्छ र राज्य प्रशासनको तर्फबाट राज्यको बुझाइ के हो ?भएको विषयवस्तु के हो भन्नेबारेमा गृहमन्त्रीले जवाफ दिनुपर्छ । ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो राज्यको वा बल प्रयोग गर्ने कुरा नियतवश भएको हो वा आकस्मिक भएको हो । यो सन्दर्भमा गृहमन्त्रीजीले अवसर गुमाउनु भयो ।’

महामन्त्री शर्माले सरकारले आन्दोलनका क्रममा भएको बल प्रयोग नियतवश हो वा आकस्मिक हो भन्नेबारमो पनि जवाफ दिनुपर्ने बताउनु भयो ।