२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटनाबारे राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको गत चैत १५ गतेको प्रदर्शनको क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनाबारे जवाफ दिन गृह मन्त्री रमेश लेखकलाई बोलाएको छ ।

बुधवार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरुले राजावादी समूहको प्रदर्शनको क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्रीको जवाफ माग गरेका थिए । राजावादी समहूको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रवारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवडाले बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घट्नामा सरकारको गम्भिर त्रुटी रहेको भन्दै गृहमन्त्री आएर जवाफ दिनुपर्ने बताउनु भयो । प्रदर्शनलाई नियन्त्रण गर्नसक्ने स्थिति हुँदाहुँदै सरकारले सही कदम चाल्न नसक्दा स्थिति नियन्त्रण बाहिर गएको उहाँको ठहर छ । उहाँले भन्नुभयो, ‘जहाँसम्म १५ गतेको घटना हो सरकारले ठिक गरेन नि त । आफ्नै प्रहरीले घेरा हालेको बेला चाहीँ समात्न नसक्ने । अनि अहिले आएर छिटोभन्दा छिटो सरकारले समात्छ भन्ने ? कसले पत्याउँछ यस्तो कुरो ? यसका लागि माननीय गृहमन्त्रीज्युलाई बालाउनुपर्छ र जवाफ माग्नुपर्छ ।’

उहाँले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई समेत सरकारले नै भगाएको आशयको अभिव्यक्ति दिनुभयो । प्रहरीले घेरा हालेको बेला किन नसमाएको भन्दै प्रश्न समेत गर्नुभयो ।