२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले चितवनबाट ‘जनयात्रा’ को शुभारम्भ गर्दै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताको कुरा सुन्ने यात्रा, ‘जनयात्रा’ को सुरुआत गर्ने भएको छ ।

रास्वपाले चैत्र २३ गते (शनिबार) चितवनबाट जनयात्रा थाल्ने भएको हो । सोमबार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको थियो ।

रास्वपा नेता डोरप्रसाद अर्यालले यसबारे जानकारी गराउँदै सामाजिक सञ्जालमा लेखेका छन् ‘राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिशोध होइन, सुधारको यात्रामा अटल छ । भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध अब गाउँ–गाउँ, बस्ती–बस्तीमा जाने बेला आएको छ । यसै क्रममा, ‘जनयात्रा’ को शुभारम्भ शनिबार, चैत्र २३, देवभूमि चितवनबाट !’

यस्तै, अर्का नेता विराजभक्त श्रेष्ठले लेखेका छन् – राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिले गत चैत १८ गते अनुमोदन गरेको ‘जनयात्रा’को तयारीबारे प्रारम्भिक छलफल।विस्तृत कार्ययोजना बनाइने ।

अब, समाधान र सम्भावनाको यात्रामा अघि बढ्ने बेला भयो ।