
एजेन्सी । बलिउड स्टार सलमान खानको फिलम ‘सिकन्दर’ मार्च ३० देखि विश्वव्यापी रुपमा रिलिज भएको छ । यो फिल्म रिलिज हुनुअघि चर्चामा थियो तर कथाका कारण फिल्मले दर्शकको मन जित्न सकेको छैन ।
जसका कारण फिल्मका धेरै शो रद्द भइरहेका छन् । मोहनलालको फिल्म एल२ः एमपुरन अहिले धेरै थिएटरमा सिकन्दरको ठाउँमा देखाइँदैछ ।
हालैको बलिउड हंगामा रिपोर्टका अनुसार सिकन्दरलाई सूरत, अहमदाबाद, भोपाल र इन्दौरका धेरै थिएटरबाट उतारिएको छ । फिल्म सिकन्दरले २६ करोडको ओपनिङ कलेक्सन गरेको थियो । आइतबार रिलिज भएको फिल्मले फाइदा उठाएको थियो ।
भोलिपल्ट इदको अवसरमा फिल्मको कमाईमा उछाल आएको थियो । फिल्मले दोस्रो दिन २९ करोड र तेस्रो दिन १९.५ करोड कमाएको थियो । फिल्मको कुल कलेक्सन ७४.५ करोड पुगेको छ ।
सिकन्दर फिल्मलाई एआर मुरुगादासले निर्देशन गरेका हुन्, जसले ‘गजनी’ जस्ता उत्कृष्ट फिल्मको निर्देशन गरेका छन् । फिल्ममा सलमान खानको अपोजिटमा रश्मिका मन्दना देखिएकी छिन् । फिल्ममा शरमन जोशी, काजल अग्रवाल, सत्यराज, प्रतीक बब्बरको पनि महत्वपूर्ण भूमिका छ ।