७ पुष २०८२, सोमबार
,
Latest
मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल र राहत सामग्रीसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान



अ+ अ-

काठमाडौं । नेपाली सेनाको टोली भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दार कार्यको लागि म्यानमार प्रस्थान गरेको छ ।

विभिन्न निकायमा रहेको मौज्दात सामग्री तथा निजी क्षेत्रबाट प्राप्त मेडिकल सामग्री तथा औषधी र राहत लिएर सेनाको टोलि म्यानमार प्रस्थान गरेको हो ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती टिम र ६ जना क्रु मेम्बरसहित २२ सदस्यीय टोलि नेपाली सेनाको विमानमार्फत म्यानमारतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । सेनाको टोलिले एक साता त्यहीँ रहेर भूकम्पमा परी घाइतेहरुको स्वास्थ्य उपचारमा खटिनेछ ।

मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले राहत सामग्री तथा औषधि र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको थियो ।

गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ । भूकम्पमा परी अहिले सम्म झण्डै २ हजार भन्दा बढि मानिसहरुले ज्यान गुमाएका छन् भने हजारौं घाइते छन् ।