२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 15.46

Wind: 1.03

Humidity: 100

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गर्‍यो, लखनउमाथि ८ विकेटको जित



अ+ अ-

काठमाडौँ । लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्दै पञ्जाब किंग्सले यो सिजनको आईपीएलमा दोस्रो जित दर्ता गरेको छ ।

लखनउको एकना रंगशालामा मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयोजक टोली लखनउ सुपर जाइन्ट्सले २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनाएको थियो ।

जवाफमा पञ्जाबले १६.२ ओभरमा दुई विकेट गुमाएर १७७ रन बनायो र खेल जित्यो। पञ्जाबले चौथो पटक सिजनको सुरुमा दुई खेल जितेको हो ।

यसअघि टोलीले सन् २०१४, २०१७ र २०२३ मा पहिलो दुई खेल जितेको थियो । लगातार दुई खेलमा जित हात पार्दै पञ्जाब ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा पुगेको थियो ।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबलाई २६ रनको स्कोरमा पहिलो झट्का लागेको थियो । दिग्वेश राठीले प्रियांश आर्यलाई शार्दुल ठाकुरबाट क्याच आउट गराए । उनले आठ रन मात्रै बनाउन सके । यसपछि ओपनिङ ब्याट्सम्यान प्रभसिमरन सिंह र श्रेयस अय्यरले टोलिलाई सम्हाले । यी दुईबीच दोस्रो विकेटका लागि ४४ बलमा ८४ रनको साझेदारी भयो ।

यसै क्रममा दिग्वेश राठीले प्रभासिमरनलाई रवि बिश्नोईको हातमा क्याच आउट गराए । उनले आफ्नो आईपीएल करियरको चौथो अर्धशतक मात्र २३ बलमा पूरा गरे । उनी ४४ बलमा ६९ रन बनाएर आउट भए । यसपछि कप्तान श्रेयसले नेहल वढेराको साथ पाए ।

दुवैले ३७ बलमा ६७ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए । अय्यरले लगातार दोस्रो खेलमा अर्धशतक बनाए भने नेहलले ४३ रन बनाए ।

यसअघि अर्शदीप सिंहको घातक बलिङमा पञ्जाबले लखनउलाई १७१ रनमा सीमित गरेको थियो । लखनउका लागि निकोलस पुरानले सर्वाधिक ४४ रन बनाए । उनका अलावा आयुष बडोनीले ४१, एडेन मार्करामले २८, अब्दुल समदले २७ र डेभिड मिलरले १९ रन बनाए ।

योसँगै मिचेल मार्स र आवेश खानले खाता पनि खोल्न सकेनन् । लखनउका लागि अर्शदीप सिंहले ३ विकेट लिए भने लोकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को यान्सेन र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।