२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपछिको खोज तथा उद्धारमा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा न्यूजिल्यान्डलाई धन्यवाद चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो ‘ब्रिक्स’ सम्मेलनको पूर्वसन्ध्या : लगानीको ‘टिप’ बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने… इभीमा आगलागी, चालकको मृत्यु एनभिएलःकाठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गर्‍यो, लखनउमाथि ८ विकेटको जित



अ+ अ-

काठमाडौँ । लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्दै पञ्जाब किंग्सले यो सिजनको आईपीएलमा दोस्रो जित दर्ता गरेको छ ।

लखनउको एकना रंगशालामा मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयोजक टोली लखनउ सुपर जाइन्ट्सले २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनाएको थियो ।

जवाफमा पञ्जाबले १६.२ ओभरमा दुई विकेट गुमाएर १७७ रन बनायो र खेल जित्यो। पञ्जाबले चौथो पटक सिजनको सुरुमा दुई खेल जितेको हो ।

यसअघि टोलीले सन् २०१४, २०१७ र २०२३ मा पहिलो दुई खेल जितेको थियो । लगातार दुई खेलमा जित हात पार्दै पञ्जाब ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा पुगेको थियो ।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबलाई २६ रनको स्कोरमा पहिलो झट्का लागेको थियो । दिग्वेश राठीले प्रियांश आर्यलाई शार्दुल ठाकुरबाट क्याच आउट गराए । उनले आठ रन मात्रै बनाउन सके । यसपछि ओपनिङ ब्याट्सम्यान प्रभसिमरन सिंह र श्रेयस अय्यरले टोलिलाई सम्हाले । यी दुईबीच दोस्रो विकेटका लागि ४४ बलमा ८४ रनको साझेदारी भयो ।

यसै क्रममा दिग्वेश राठीले प्रभासिमरनलाई रवि बिश्नोईको हातमा क्याच आउट गराए । उनले आफ्नो आईपीएल करियरको चौथो अर्धशतक मात्र २३ बलमा पूरा गरे । उनी ४४ बलमा ६९ रन बनाएर आउट भए । यसपछि कप्तान श्रेयसले नेहल वढेराको साथ पाए ।

दुवैले ३७ बलमा ६७ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए । अय्यरले लगातार दोस्रो खेलमा अर्धशतक बनाए भने नेहलले ४३ रन बनाए ।

यसअघि अर्शदीप सिंहको घातक बलिङमा पञ्जाबले लखनउलाई १७१ रनमा सीमित गरेको थियो । लखनउका लागि निकोलस पुरानले सर्वाधिक ४४ रन बनाए । उनका अलावा आयुष बडोनीले ४१, एडेन मार्करामले २८, अब्दुल समदले २७ र डेभिड मिलरले १९ रन बनाए ।

योसँगै मिचेल मार्स र आवेश खानले खाता पनि खोल्न सकेनन् । लखनउका लागि अर्शदीप सिंहले ३ विकेट लिए भने लोकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को यान्सेन र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।

 




भर्खरै