५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका वरिष्ठ नेता बोहोराको शव श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिँदै



अ+ अ-

काठमाडौं । रााष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहोराको शव आज अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ ।

काठमाडौंको ओम अस्पतालमा हिजो उपचारका क्रममा निधन भएका बोहोराको शव हिजै गृहजिल्ला रुपन्देही लगिएको थियो । त्यहाँ श्रद्धाञ्जलीपछि आज उहाँको शव काठमाडौं ल्याएर पार्टी कार्यालयमा राख्न लागिएको हो ।

राप्रपाले बोहोराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन आज दिउँसो २ बजेखि पार्टी कार्यालयमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाएको छ ।

वरिष्ठ नेता बोहोराको निधनमा राप्रपाले तीन दिन शोक मनाइरहेको छ । शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटिगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको हो ।