• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ

विपिन कार्कीले फिल्म ‘एनिमल’बाट बलिउडमा डेब्यु गर्दै



फाईल फोटो

काठमाडौं । नेपाली फिल्मी जगतका ‘भर्सटायल’ कलाकार विपिन कार्कीले बलिउड‍ फिल्ममा अभिनय गर्ने भएका छन् । 

कार्कीले बलिउड फिल्म ‘एनिमल’मा अभिनय गर्ने भएका हुन्।

उक्त फिल्ममा भारतीय कलाकार अनिल कपुर, रणवीर कपुरलगायतको अभिनय रहनेछ । फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने बताइएको छ ।

कार्कीले फिल्मको लागि अगस्टमा मुम्बई आउन प्रस्ताव आएको जानकारी दिए ।

पशुपतिप्रसाद, जात्रैजात्रा, छड्केजस्ता फिल्मबाट आफ्नो छुट्टै पहिचान बनाएका विपिन कार्कीले सन् २०१२ मा रिलिज भएको फिल्म ‘लुट’बाट नेपाली सिने जगतमा पाइला टेकेका हुन् । त्यसअघि उनी थियटरमा काम गर्थे ।