७ भाद्र २०८३, आईतवार
,
Latest
ईभीको तीव्र विस्तार र चार्जिङ पूर्वाधारको चुनौती देखाउँदै १८औँ ‘नाडा अटो साे २०२६’ उज्वेकिस्तानको चिकित्सा शिक्षामा चम्किदै नेपाली युवा डा. किसन भण्डारी व्यवसायी सक्रिय नभए संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्न सक्छ : निधी पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच योगदानमा आधारित उपदान र पेन्सन कोष सञ्चालन सम्झौता



अ+ अ-

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गर्नु भएको हो ।

सो अवसरमा उपकुलपति थपलियाले शिक्षक तथा कर्मचारीको उपदान सञ्चालन एवं व्यवस्थापन कोषलाई दिन पाएकोमा खुसी व्यक्त गर्नुभयो भने कोषका कार्यकारी निर्देशक कार्कीले उपदानको उचित व्यवस्थापन एवं सञ्चालन गर्ने र सहभागीलाई उचित प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसैबीच सानिगाड हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ८५ लाख ५० हजार कित्ताको ८५ करोड ५० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र सानिगाडको प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो ।

योसँगै कोषले कालंगा हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ४९ लाख कित्ताको उनानचास करोड रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गर्नु भएको हो ।