३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.06

Wind: 2.57

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बन फुकुवाको माग गर्दै सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।

संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा राखेकाले फुकुवाको माग गर्दै लामिछानेले आज सभामुखलाई भेट्न लागेका हुन् ।

लामिछाने आज बिहान १० बजे रास्वपा सांसदहरूसहित सभामुखलाई भेट्न सिंहदरबारस्थित कार्यालय जाने तय भएको हो ।

सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन् । तर सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।

आज हुन लागेको सभामुखसँगको छलफलमा प्रतिनिधिसभामा सहभागी हुनेबारे कुराकानी हुने बताइएको छ ।