२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.33

Wind: 1.03

Humidity: 45

Latest
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ- महामन्त्री गगनकुमार थापा ‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’ खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ उपप्रमुख डंगोल वेल्जियम प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था अटाउने मिलनबिन्दु खोज्न पूर्वप्रधानमन्त्री चन्दको अपील



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजसंस्था, राजनीतिक दल र जनता सबै एकै ठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । देशको समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री चन्दले देशलाई अघि बढाउन सबै एक ठाउँमा अटाउने विन्दू आवश्यक रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री चन्दले विज्ञप्तिमार्फत संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा चैत १५ गते काठमाडौँमा आयोजित शान्तिपूर्ण विरोधसभामा भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै ती घटनाहरुलाई नियोजित भन्दै निन्दा गरेका छन् । विरोध प्रदर्शनका क्रममा हत्या, हिंसा, आगजनी तथा लुटपाटका घटनाहरू सुनिन आएको भन्दै उनले यदि ती सत्य हुन् भने अत्यन्त दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री चन्दले आन्दोलनको क्रममा सहादत प्राप्त गरेका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित क्षतिपूर्ति सहित उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । उनले यस घटनाको निष्पक्ष छानबिन गर्न उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग समेत गरेका छन् ।

नजरबन्दमा रहेका संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी, हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत सम्पूर्ण पक्राउ परेका बन्दीहरूको शीघ्र रिहाइको माग गर्दै उनले सरकारलाई निषेधको राजनीतिबाट टाढा रहन आग्रह गरेका छन् ।

उनले मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानूनविहीनता तथा उत्तरदायित्वहीनताको भूमरीमा फसेको भन्दै राष्ट्रिय सहमति, सहकार्य र एकता नै अबको निकासको अपरिहार्य मार्ग भएको उल्लेख गरे । माओवादी द्वन्द्व र ०६२/०६३ को आन्दोलनपछिको परिस्थितिले सरकार, संसद, न्यायपालिका तथा राज्यका अन्य अंगहरूमा जनविश्वास गुम्दै गएको दाबी गर्दै उनले मुलुकलाई निकास दिनका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेको औंल्याए ।