८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राजसंस्था अटाउने मिलनबिन्दु खोज्न पूर्वप्रधानमन्त्री चन्दको अपील

राजसंस्था अटाउने मिलनबिन्दु खोज्न पूर्वप्रधानमन्त्री चन्दको अपील
अ अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजसंस्था, राजनीतिक दल र जनता सबै एकै ठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । देशको समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री चन्दले देशलाई अघि बढाउन सबै एक ठाउँमा अटाउने विन्दू आवश्यक रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री चन्दले विज्ञप्तिमार्फत संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा चैत १५ गते काठमाडौँमा आयोजित शान्तिपूर्ण विरोधसभामा भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै ती घटनाहरुलाई नियोजित भन्दै निन्दा गरेका छन् । विरोध प्रदर्शनका क्रममा हत्या, हिंसा, आगजनी तथा लुटपाटका घटनाहरू सुनिन आएको भन्दै उनले यदि ती सत्य हुन् भने अत्यन्त दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री चन्दले आन्दोलनको क्रममा सहादत प्राप्त गरेका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित क्षतिपूर्ति सहित उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । उनले यस घटनाको निष्पक्ष छानबिन गर्न उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग समेत गरेका छन् ।

नजरबन्दमा रहेका संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी, हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत सम्पूर्ण पक्राउ परेका बन्दीहरूको शीघ्र रिहाइको माग गर्दै उनले सरकारलाई निषेधको राजनीतिबाट टाढा रहन आग्रह गरेका छन् ।

उनले मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानूनविहीनता तथा उत्तरदायित्वहीनताको भूमरीमा फसेको भन्दै राष्ट्रिय सहमति, सहकार्य र एकता नै अबको निकासको अपरिहार्य मार्ग भएको उल्लेख गरे । माओवादी द्वन्द्व र ०६२/०६३ को आन्दोलनपछिको परिस्थितिले सरकार, संसद, न्यायपालिका तथा राज्यका अन्य अंगहरूमा जनविश्वास गुम्दै गएको दाबी गर्दै उनले मुलुकलाई निकास दिनका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेको औंल्याए ।