१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कोभिड-१९ : १३७ प्रकारका खोप परिक्षणमा

कोभिड-१९ : १३७ प्रकारका खोप परिक्षणमा
अ अ+ अ-

काठमाडौं ।  विश्वभरि अहिले १३७ कोभिड–१९ खोप क्लिनिकल परीक्षणहरूबाट गुज्रिरहेका छन् र १९४ प्रि–क्लिनिकल विकासमा छन्। जब खोपहरू मानव क्लिनिकल परीक्षणमा पुग्छन्, मुख्यरूपमा खोपको सुरक्षा परीक्षण गर्न, खुराकहरू निर्धारण गर्न र थोरै सङ्ख्यामा मानिसहरूमा कुनै पनि सम्भावित साइड इफेक्टहरू पहिचान गर्न तिनीहरू पहिलो चरण १ परीक्षणमार्फत जान्छन ।

यसैगरी चरण २ परीक्षणले थप सुरक्षा अन्वेषण र ठूला समूहहरूमा प्रभावकारिता अनुसन्धान गर्न थाल्छन्। चरण ३ को परीक्षणमा हजारौँ वा दशौँ हजार व्यक्तिहरू संलग्न हुन्छन् । यो चरणमा भ्याक्सिनको प्रभावकारिता पुष्टि गर्न र मूल्याङ्कन गर्न र त्यहाँ कुनै दुर्लभ साइड इफेक्टहरू छन् वा छैनन् भन्ने परीक्षण गरिन्छ । 

अन्तिम चरण अर्थात चरण ४ मा परीक्षणलाई राष्ट्रिय नियामकबाट अनुमोदन भएपछि लागु गरिन्छ । राष्ट्रिय नियामक अधिकारीहरूले २९ वटा कोभिड–१९ खोपका लागि आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरेका छन् ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा मान्यता प्राप्त कम्तिमा एउटा कडा नियामक प्राधिकरणद्वारा आठ खोपहरूलाई आपतकालीन वा पूर्ण प्रयोगको लागि अनुमोदन गरिएको छ ।

ती हुन् :फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका, सिनोफार्म बीआईबीपी, मोडर्ना जेनसेन, कोरोनाभ्याक, कोभ्याक्सिन र नोभाभ्याक्स।

स्पुतनिक भी, सिनोफार्म डब्ल्यूआइबीपी, कोन्भिडिसिया, सानोफी–जीएसके र एससीबी–२०१९ डब्ल्युएचओ मूल्याङ्कनभित्र परेका छन् । 

केही देशमा खोपलाई यात्रा उद्देश्यका लागि मात्र मान्यता दिइएको छ । ती खोप सामान्य जनसङ्ख्याका लागि स्वीकृत नहुन सक्छन् ।

हाल बढी प्रचलनमा रहेका केही खोपहरु निम्न छन् I

१) अक्सफोर्ड–एस्ट्राजेनेका: अक्सफोर्ड–एस्ट्राजेनेका कोभिड–१९ खोप भ्याक्सजेभरिया र कोभिशिल्ड ब्रान्ड नाममा बेचिएको भाइरल भेक्टर खोप हो । यो खोप ब्रिटिश युनिभर्सिटी अफ अक्सफोर्ड, ब्रिटिस–स्वीडिश कम्पनी एस्ट्राजेनेका र कोलिसन फर इपिडेमिक प्रिपेयर्डनेस इनोभेसनले उत्पादन गरेका हुन् । 

फिनल्याण्ड, डेनमार्क र नर्वेले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको  प्रयोगलाई बन्द गरे किनभने थोरै सङ्ख्यामा रगत जम्ने दुर्लभ विकारको रिपोर्ट आएको थियो। स्लोभाकियाले खोप प्राप्तकर्ताको निधन भएपछि यसको प्रयोगलाई निलम्बन गर्यो । 

अष्ट्रेलिया, ब्राजिल र क्यानाडाले यो खोपलाई पूर्णमात्रामा लागु गरेका छन् भने नेपालसहित १७१ मुलुकले आपत्कालीन अवस्थामा यसको प्रयोग गरेका छन् । 

२) फाइजर–बायोएनटेक : फाइजर–बायोएनटेक कोभिड–१९ खोप कोमिर्नाटी नामको ब्रान्ड अन्तर्गत विक्री गरिन्छ । जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले यो खोपको विकास गरेका हुन् ।

दश मुलुकले यसको पूर्ण प्रयोग गरेका छन् भने नेपालसहित १३७ मुलुकमा आपत्कालीन अवस्थामा यसको प्रयोग गरिन्छ । 

३) जानसेन: जानसेन कोभिड–१९ खोप एक भाइरल भेक्टर खोप हो । जानसेन फर्मास्युटिका (जोनसन एन्ड जोनसनको सहायक कम्पनी) र बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरद्वारा यो खोपको विकास गरिएको हो । यसलाई जोन्सन एन्ड जोन्सन कोभिड–१९ भ्याक्सिन र कोभिड–१९ भ्याक्सिन जानसेन पनि भनिन्छ। खोप र दुर्लभ रगत जम्ने विकारबीचको सम्भावित सम्बन्धका कारण अन्य खोप उपलब्ध भएपछि डेनमार्क, फिनल्याण्ड र नर्वेले जान्सेन भ्याक्सिनको प्रयोग बन्द गरे । जानसेन एडेनोभाइरस भेक्टर खोपको प्रयोग फिनल्याण्डमा अक्टोबर २०२१ मा सुरु भएको थियो। यो ६५ वर्ष वा माथिका मानिसहरूलाई मात्र प्रस्ताव गरिएको छ किनभने कम उमेर समूहहरूमा थ्रोम्बोसिस नामक धेरै दुर्लभ जोखिम हुन्छ।

यो खोपलाई अस्ट्रेलिया, क्यानाडा र स्विट्जरल्याण्डले पूर्णमात्रामा लागु गरेका छन् भने नेपालसहित ११९ मुलुकले यसको आपत्कालीन प्रयोग गरेका छन् ।

४) मोडर्ना: मोडर्ना कोभिड–१९ खोपलाई स्पाइकभ्याक्स पनि भनिन्छ । अमेरिकी कम्पनी मोडर्ना, द युएस नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज, द युएस बायोमेडिकल एडभान्स्ड रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटी र कोलिसन फर इपिडेमिक प्रिपेयर्डनेस इनोभेसनले यो खोपको उत्पादन गरेका हुन् । 

अस्ट्रेलिया, क्यानाडा, स्विट्जरल्याण्ड र बेलायतले यो खोपलाई पूर्णमात्रामा लागु गरेका छन् । नेपालसहित १०३ मुलुकले यसको आपत्कालीन प्रयोग गरेका छन् । 

५) सिनोफार्म बीआइबीपी : सिनोफार्म कोभिड–१९ खोप चाइना नेशनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म) र यसको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सले उत्पादन गरेको एक निष्क्रिय भाइरस खोप हो। 

बहराइन, सिसेल्स, चीन र संयुक्त अरब इमिरेट्सले यो खोपलाई पूर्णमात्रामा लागु गरेका छन् । नेपालसहित १०६ मुलुकले यसलाई आपत्कालीन अवस्थामा प्रयोग गरेका छन् । एजेन्सीको सहयोगमा