१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि
अ अ+ अ-

कञ्चनपुर। यहाँको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो ।

बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन् । त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो । आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो ।

भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपुग्नु भएका उहाँ सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पुग्नुभयो । उहाँसँग कुरा गरेपछि थाहा भयो कि साविकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ ।

त्यसपछि उहाँ महेन्द्रनगर बजार हुँदै झलारी बजार झर्नुभयो । चिनजानका व्यक्तिसँग भेट भयो । तारापुर बस्तीलाई सिमलफाँटामा सारिएको जानकारी पाउनुभयो । चिनजान कै व्यक्तिले अटो चालकलाई सिमलफाँटाको घरसम्म पु-याइ दिन आग्रह गरे । अटो चालकले धानुकलाई घरमै पु-याइदियो । यो गत शनिबारको कुरा हो ।

धानुक यत्तिका वर्षपछि घर फर्कनुमा भने उहाँको एक धर्म आमाको हात छ । जो ६५ वर्षीया वृद्धा हुनुुहुन्छ । भारतकै बनारस बस्ने उनै धर्म आमा र उहाँकी १३ वर्षीया नातिनिपनि धानुकसँगै आउनुभएको छ ।

धानुकले भन्नुभयो, “छोरा छोरी सानै हुँदा हिँडेकाले मैले चिन्ने कुरै भएन, आमा र श्रीमतीले चिने, धेरै वर्षपछि घर आइपुगेकाले परिवारका सदस्यले हर्षका आँसु बगाउन थाले, खुसी भए, मैले धेरै वर्ष सम्पर्कविहीन भएर बिताएकाले परिवार पाउँदा निकै खुसी छु ।

घरबाट विसं २०५३ मा कमाइको खोजीमा भारतको राजीस्थानस्थित जयपुर पुग्नुभएका उहाँको गतिलो कमाइ थिएन । काम गर्दा थोरै कमाइ हुन्थ्यो खान र लुगाफाटोमै सिद्धिन्थ्यो ।

कामकै खोजीमा कहिले यता पुग्थँे, कहिले उता”, विगत सम्झँदै उहाँले भन्नुभयो, “घरसम्म पुग्ने बस भाडा हुँदैनथ्यो, घर जान पाए हुन्थ्यो भनेर सोच्थँे, जान सक्ने अवस्था थिएन, विस्तारै घरको ठेगाना नै विर्सिने अवस्थामा पुगेको थिएँ ।”

उहाँका अनुसार राजिस्थानको जयपुरमा एक व्यक्तिसँग गहिरो मित्रता भयो । ती मित्रको ससुराली उत्तर प्रदेशको बनारसमा थियो । त्यहाँ दुवै जनाको आउजाउ थियो । ती मित्र बिरामी भएपछि धानुकले रगत दिएर ज्यान बचाउनुभयो । त्यसै बेलादेखि ती मित्रका सासुले धानुकलाई धर्मपुत्रका रुपमा मान्न थाल्नुभयो ।

ती वृद्धाका छोरा थिएन, उहाँले जमिन दिन्छु बस्नु भनेर पनि धानुकलाई अनुरोध गर्नुभयो । “सित्तैमा लिएमा पाप लाग्छ भनेर जग्ग्गा लिन अस्वीकार गरेँ”, उहाँले भन्नुभयो, “तिनै बृद्धा आमाले परिवारसँग भेटनुपर्छ भनेर कर गर्नु भएपछि उहाँसँगै घर आइपुगँे, यत्तिका समयपछि परिवारसँग भेट हुन्छ भनेर सोचेकै थिइँन । परिवारलाई भेटन पाउँदा निकै खुसी छु, अब भारत फर्किन्न ।

धानुकका छोरा गणेशबहादुर ३३ वर्षको हुनुभयो । यो उमेरमा बुवा पाउँदा खुसीको सीमा नै नरहेको उहाँ बताउनुहुन्छ । “सानै छँदा बुवाले छाडेर जानुभएको थियो”, उहाँले भन्नुभयो, “अहिले आएर बुवालाई भेटाएँ, परिवारमा खुसियाली छ ।

धेरै वर्षपछि घर आइपुग्नु भएका धानुकलाई भेट्न आफन्त र छिमेकी आउने क्रम बढेको छ । स्थानीय समाजसेवी भरतबहादुर विष्ट धानुकलाई घरसम्म ल्याउन उहाँकी धर्म आमाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उहाँको धर्म आमाो कार्य सह्रानीय छ, मानबहादुर धेरै लामो समयपछि घर आइपुग्दा हामी गाउँले खुसी छौँ ।” धानुकको दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाई र भतिजा छन् । रासस