९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानको फिल्म ‘सिकन्दर’ अनलाइनमा लिक



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानको फिल्म ‘सिकन्दर’ हलमा रिलिज भएको छ ।

तर यो फिल्म रिलिज हुनु केही घण्टा अघि नै अनलाइन लिक भएको थियो । फिल्मको एचडी भर्सन इन्टरनेटमा आइसकेको रिपोर्टमा भनिएको छ ।

व्यापार विश्लेषक कोमल नाहटाले आइतबार बिहान सोशल मिडिया प्लेटफर्ममा एक पोस्ट लेखे, ‘यो कुनै पनि निर्माताको लागि सबैभन्दा खराब सपना हो । हलमा रिलिज हुनुअघि नै चलचित्र लिक भएको छ । आज साँझ हलमा रिलिज हुन लागेको साजिद नाडियाडवालाको फिल्म ‘सिकन्दर’ सँग यस्तै भएको छ ।’

तर, यो फिल्म कसरी लीक भयो र कहाँबाट लीक भयो भन्ने कुरा भने खुल्न सकेको छैन । निर्माण पक्षले प्रहरीलाई सम्पर्क गरेको र यस विषयमा अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

फिल्म सिकन्दरको कुरा गर्दा यसमा सलमानसँगै रश्मिका मन्दाना मुख्य भूमिकामा छिन् । फिल्मलाई एआर मुरुगादासले निर्देशन गरेका हुन् । जसले आमिरको २००८ को ब्लकबस्टर ‘गजनी’लाई पनि निर्देशन गरेका थिए ।