२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून व्यवसायी परिषद् विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत



अ+ अ-

काठमाडौँ । ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत भएको छ ।

सोमवारको सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियोे । विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने बाटो खुला भएको छ । सांसदहरुले ७२ घण्टाभित्र संशोधन प्रश्ताव हाल्न समय दिइएको छ ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री चौरसियाले कानून व्यावसायी प्रतिष्ठान (लयर्स एकेडेमी)को स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताउनु भयो । उहाँलेले कानून विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित रहेको बताउनु भयो । विधेयकले कानून व्यवसायीहरुलाई समाज र राष्ट्रप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून व्यवसायीहरुको हक, हित संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्न र कानून व्यवसायीलाई थप व्यवसायीक बनाउनको लागि प्रश्तुत विधेयकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’

कानून व्यवसायीलाई थप व्यवसायीक बनाउनको लागि प्रश्तुत विधेयकले महत्वपूर्ण भुमिका खेल्ने उहाँको विश्वास छ ।