२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सेन्टरको अध्यक्षमा गिरी, महासचिवमा घर्तिमगर निर्वाचित



अ+ अ-

काठमाडौं । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन् ।

काठमाडौंको थापागाउँमा राति अबेर सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी विजयी भएका हुन् । गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनु भएको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएका आचार्यले बताए । महासचिवमा मनोज घर्तीमगर विजय भएका छन् । घर्तीमगरले ३ सय ७९ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत प्राप्त गरे ।

त्यसैगरी उपमहासचिवमा ज्ञान प्रसाद पौडेल, सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशीमा अवतार राई र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भएका निर्वाचन प्रमुख गोविन्द आचार्यले बताए । ९९ सदस्यीय केन्द्रीय समिति र २९ सदस्यीय पदाधिकारीमध्ये अन्य पदमा भने निर्विरोध भएको थियो ।