१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज इस्लाम धर्मावलम्बीले ईद मनाउँदै, देशभर सार्वजनिक विदा



अ+ अ-

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले आज ईद पर्व मनाउँदै छन् । इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउने चलन छ । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।

नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

ईद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ । रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन् । यो महिना ईबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ । यस अवधिमा रोजा खोलेर परिवार र मित्रसँग रमाइलो गर्ने परम्परा पनि रहिआएको छ भने आफ्नो गक्षअनुसार दान दक्षिणा गरेर पुन्य कमाउने काम पनि अधिक हुन्छ ।

सामान्यतया इद को अर्थ खुसी हो। एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफुलाई इस्लाम धर्मले बर्जित गरेको कामबाट अलग राख्न सकेको तथा धेरै भन्दा भन्दा धेरै पुन्यको काम गरेको खुसीमा ईदको खुसियाली मनाउने गरिन्छ । विशेषगरि बिहान ईदको नियतले नुहाएर सफा र पवित्र भएर मानिसहरु नजिकैको खुला मैदान वा तोकिएको खुला स्थानमा पुगेर ईदको नमाज पढ्ने गर्दछन ।

ईदको नमाज पढ्नुअघि गक्ष भएकाहरुले तोकिएको निश्चित रकम (जकात फित्रा) अर्थात दानको रुपमा छुट्याउने गर्दछन र यस्तो रकम आफू निकटको सबै भन्दा बढी गरिबमाझ वितरण हुने गर्दछ ।

त्यस्तै, ईदको नमाज पढेपश्चात मानिसहरु एक आपसमा गला मिलाएर एक अर्कालाई ईदको शुभकामना दिने गर्दछन भने एक अर्कासँग माफी लिने दिने गर्दछन् । ईदको शुभकामना दिन आउनेलाई प्रत्येक घरले मीठो मसिनो जे उपलब्ध छ त्यो खुवाएर सत्कार गर्ने गर्दछन् ।

भाषा र पोशाक देशअनुसारको हुने भए पनि सामान्यतया विश्वका प्रत्येक मुसलमानको लागि रमजान महिना र ईदमा गरिने अभ्यास झण्डै उस्तै नै हुने गर्दछ ।