
काठमाडौँ । नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु नेपाल फिर्ता ल्याइएको छ ।
आईतवार बिहान पुरातत्व विभागले मूर्तिहरुलाई सम्बन्धन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो । यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी)का रहेका छन् । यी पौवा चित्रहरु काठमाडौंस्थित इटुम्बहालबाट वि सि. २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो । साथै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान –१ -१२-१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली सम्पदाहरु संसारको कुनैपनि कुनामा पुगेपनि नेपाली सम्पदाको महत्वलाई बुझेर सम्पदा फर्काउने योग्यता राख्ने बताउनु भयो । अब नेपालबाट मूर्तिहरु चोर्ने कुचेष्ठा गर्न नसक्ने बताउनु भयो । विगतमा गएका चिजहरु अहिले फर्किनु पनि सकारात्मक रहेको जिकिर गर्नुभयो । विगतमा यस्ता किसिमका सम्पतीहरु कसरी गए ? भन्दै प्रश्न गर्नुभयो । अब दुराचार गर्ने समय नरहेकाले चोरी हुन नसक्ने बताउनु भयो । मूर्तिहरु प्रतिष्थापनका लागि आफूहरु प्रतिवद्ध रहेको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गर्नुभयो । स्थानीय सरकारहरु आफ्नो आस्था जोगाउन अब सक्षम रहेको जिकिर गर्नुभयो । आस्थाका धरोहरहरु विगतमा हराएका ठाउँमै प्रतिष्थापन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।







