२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.29

Wind: 1.03

Humidity: 55

Latest
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ- महामन्त्री गगनकुमार थापा ‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’ खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ उपप्रमुख डंगोल वेल्जियम प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना



अ+ अ-

काठमाडौँ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै होः गैसस महासंघ अध्यक्ष भट्टराई अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले धर्ना दिएको छ ।

आईतवार बिहान काठमाडौंको माईतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरत्साहित गर्न माग गर्दै धर्ना दिएको हो ।

उनीहरुले गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक अनियमितता र कालोबजारी रोक, समानता, न्याय र समावेशिता सुनिश्चित गर, लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर, निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, जनताको सुरक्षामा कुनै सम्झौता नगर लगायतका प्लेकार्ड र नारा लगाइ धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गैरसकारी संस्था महासंघका अध्यक्ष एवं वृहत नागरिक धर्ना अभियानका संयोजक समेत रहनुभएका अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत, सशक्त हुन र लोकतन्त्रको पक्षमा उभिन आग्रह गर्नुभयो । केही दिनयता देखिएका घटनाहरु घुन पुतली भएको टिप्पणी गर्दै लोकतन्त्रमा लागेको घुन पुतलीलाई निमिट्यान्न पार्नुपर्ने बताउनु भयो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको जिकिर गर्नुभयो ।

देशभर लोकतन्त्रलाई बलियो बनाउन आह्वान गर्दै अहिलेका घटनामा गम्भीर हुन र जनताको निराशालाई चिर्न सेवा प्रवाहमा सहजता प्रदान गर्न आग्रह गर्नुभयो ।