३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा हिजो भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।

रास्वपाको आज बसेको सचिवालयको बैठकले राजावादीहरुले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको उच्च न्यायिक छानबिन आयोग गठन गर्न माग गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले पार्टीको केन्द्रीय समिति बैठक चैत १८ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने निर्णय पनि गरेको छ ।