६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर



अ+ अ-

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी हेरफेर गरेको छ । यस्तै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालका सुरक्षाकर्मीसमेत हेरफेर गरिएको छ ।

शाह, दाहाल र नेपालको सुरक्षामा लामो समयदेखि खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई हेरफेर गरिएको हो ।

विशेष गरी भीभीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनीहरूको निगरानीको सूचना संगठनलाई दिन छाडेपछि हेरफेर गर्नुपरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

पूर्वराजा शाहको सुरक्षाका लागि डीएसपीको कमान्डमा १६ जना, पूर्वप्रधानमन्त्री दाहाल र माधव नेपालको सुरक्षाका लागि इन्स्पेक्टरको कमान्डमा १०/१० जना खटिँदै आएका थिए ।

अहिले संख्या नघटाएर सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूको हेरफेर मात्र गरिएको हो ।

यता, सशस्त्र प्रहरी बलले भने पूर्वराजा ज्ञानेन्द्रका आफन्तलाई दिइँदै आएको सुरक्षाकर्मी फिर्ता बोलाएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको अवस्था मूल्याङ्कन गरेर दाहाल र नेपालको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको संख्या भने बढाइएको छ ।