२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 1.54

Humidity: 24

Latest
संविधानविद् भीमार्जुन आचार्यको स्टाटस कसरी हट्यो ? यस्तो लेख्नु भएको थियो हिमालको सरसफाईका लागि ‘रेष्ट अफ व्याग’ लाई अनिवार्य गरिनुपर्छः आङछिरिङ शेर्पा नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा सुनचाँदीको मूल्य घट्यो प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता हुने महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा विशेष सम्मान- फोटो फिचर ‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु ! काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं र ललितपुरले बराबरी खेले



अ+ अ-

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको पहिलो खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा साविक विजेता ललितपुर र पहिलो संस्करणको विजेता काठमाडौंले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

काठमाडौं रेजर्सले दुई गोलले पछि परेको अवस्थामा सानदार पुनरागमन गर्दै बराबरी गर्‍यो । भ्याली डर्बी खेलमा ललितपुरले सुरुवाती १५ मिनेटमै दुई गोल गरेको थियो । खेलको पाँचौ मिनेटमै जोनाथान कान्टिलानाले कर्नर साइडबाट क्रस गरेको बल काठमाडौंका डिफेण्डर कमल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।

यस्तै, ललितपुरले १५औं मिनेटमा आदित्य शाक्यको गोलबाट अग्रता दोब्बर पार्‍यो । पहिलो हाफमा दुई गोलले पछि परेको काठमाडौंले दोस्रो हाफमा पुनरागमन गर्‍यो । काठमाडौंका लागि विदेशी खेलाडी अमादोउ डिओपले ७६औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए । काठमाडौले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गर्‍यो ।

ललितपुरका डिफेन्डरले भिनसेन्ट कोजिएलोलाई पेनाल्टी बक्समा लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । उनै कोजिएलोले पेनाल्टीमा गोल गर्दै काठमाडौंको हार टारे ।