३ पुष २०८२, बिहीबार
,
Latest
मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाका स्टुअर्ट ल नेपालको मुख्य प्रशिक्षकमा नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दियो ।

क्यानले आगामी २ वर्षका लागि स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । यसअघिका प्रशिक्षक भारतका मोन्टी देसाइको कार्यकाल सकिएपश्चात क्यानले गत फागुन ३ गते नयाँ प्रशिक्षकका लागि आवेदन खुलाएको थियो ।

जसअनुसार ७० जनाभन्दा बढीले आवेदन दिएका थिए । उनीहरुमध्ये सर्ट लिस्टमा राखेर क्यानले अन्तरवार्ता गरेको थियो ।

त्यसपश्चात स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । स्टुअर्टले यसअघि श्रीलंका, बङ्लादेश, वेस्ट इन्डिज, अफ्गानिस्तान र अमेरिकाको टिम सम्हालिसकेका छन् ।