२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाका स्टुअर्ट ल नेपालको मुख्य प्रशिक्षकमा नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दियो ।

क्यानले आगामी २ वर्षका लागि स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । यसअघिका प्रशिक्षक भारतका मोन्टी देसाइको कार्यकाल सकिएपश्चात क्यानले गत फागुन ३ गते नयाँ प्रशिक्षकका लागि आवेदन खुलाएको थियो ।

जसअनुसार ७० जनाभन्दा बढीले आवेदन दिएका थिए । उनीहरुमध्ये सर्ट लिस्टमा राखेर क्यानले अन्तरवार्ता गरेको थियो ।

त्यसपश्चात स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । स्टुअर्टले यसअघि श्रीलंका, बङ्लादेश, वेस्ट इन्डिज, अफ्गानिस्तान र अमेरिकाको टिम सम्हालिसकेका छन् ।