३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

महिला पर्यटन व्यवसायीका लागि डिजिटल मार्केटिङ तालिम

महिला पर्यटन व्यवसायीका लागि डिजिटल मार्केटिङ तालिम
अ+ अ-

पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा कानूनी सचेतना, डिजिटल मार्केटिङ, सकारात्मक सोच र व्यापार प्रवद्र्धनबारे तालिम सुरु भएको छ ।

३ दिनसम्म चल्ने तालिमको शुक्रबार पोखरामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मणिराज लामिछानेले उद्घाटन गरे । उनले यसप्रकारका तालिमले व्यापार प्रवद्र्धनमा निकै सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले टेवानले पोखरा र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पछिल्लो समय गर्दै आएका गतिविधिले सकारात्मक प्रभाव पारेको जनाए ।

पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले तालिमको सफलताको शुभकामना दिँदै तालिमका सिकेका कुरा व्यवहारमा उतार्न सुझाव दिए । टेवान अध्यक्ष कमला गिरीले विगतमा झैं अहिले घरघरमै पुगेर व्यापार व्यवसायबारे प्रचार गर्ने समय नभएकाले डिजिटल मार्केटिङबारे तालिम दिइएको बताइन् ।

उनले प्रस्ट पार्दै भनिन्, ‘पर्यटन क्षेत्रमा लागेका महिलाहरु दिदीबहिनीहरु आफैँले तथा आफ्ना कर्मचारीलाई यसबारे सिकाउनुपर्छ र ज्ञान बाँड्नुपर्छ भनी यो तालिम आयोजना गरेका हौं । पक्कै पनि यो तालिम फलदायी हुने अपेक्षा गरेका छौं ।’

तालिमका प्रशिक्षकहरुमा अधिवक्ता सुष्मा पौडेल, अधिवक्ता तारा शर्मा र सिमेमी लिम्बु छन् । अधिवक्ताद्वय सुष्मा पौडेल र तारा शर्माले सकारात्मक सोच एवं कानूनी सचेतनाबारे प्रशिक्षण दिने छन् भने डिजिटल मार्केटिङबारे सिसेमी लिम्बुले प्रशिक्षण दिने टेवान अध्यक्ष गिरीले बताइन् ।

टेवान अध्यक्ष गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत कार्यक्रम संयोजक शारदा लम्साल र संचालन महासचिव अनिता खड्का भट्टराईले गरेकी थिइन् । तालिममा पर्यटन व्यवसायी महिलाहरु, विद्यालयका कर्मचारी एवं विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत गरी करिब ७० जनाले भाग लिएका छन् ।

सहभागीलाई पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा २ दिनसम्म सैद्धान्तिक कक्षापछि तेस्रो दिन पर्यटकीय क्षेत्र बन्दीपुरमा डिजिटल मार्केटिङबारे अवलोकन भ्रमण गराइने छ ।